|  

साउन लागेसँगै घट्यो कुखुराको मासुको मूल्य, प्रतिकेजी कति पुग्यो ? 

७ साउन, काठमाडौं । साउन लागेयता पहिलो पटक कुखुराको मासुको मूल्य घटेको छ ।

राष्ट्रिय कुखुरा व्यवसायी संघले आजबाट लागु हुने गरी प्रतिकिलो १५ रूपैयाँले मासुको मूल्य घटाएको हो । कुखुराको मासुको मूल्य संघ र सम्बद्ध अन्य निकायको सहभागितामा तोकिँदै आएको छ ।

अहिले घरायसीसँगै व्यावसायिक खपत घटेकाले मासुको मूल्य घटाइएको संघले जनाएको छ । मूल्य घटेसँगै ज्युँदो कुखुराको मूल्य प्रतिकिलो २ सय ५० रूपैयाँ र मासुको मूल्य प्रतिकिलो २ सय ६० देखि ६५ रूपैयाँ छ।