|  

चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउन दाबी पेश 

०७ साउन, काठमाडौं । लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपा एमालेका उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउन दाबी पेश भएको छ ।

बुटवलस्थित प्रदेश प्रमुख कार्यालमा एमालेका २९ तथा कांग्रेसका २७ सांसदहरूले हस्ताक्षर गरेको पत्र बुझाएका हुन् । प्रदेश प्रमुअ अमिक शेरचनले आज साँझ साढे ६ बजेसम्मको समय तोकिएकाले आज नै नियुक्ति गर्ने जनाएका छन् ।