०७ साउन, काठमाडौं । नारायणकाजी श्रेष्ठ विधायन व्यवस्थापन समितिमा मनोनित भएका छन् ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसद श्रेष्ठलाई आज राष्ट्रियसभा नियमावलीको नियम १ सय ४९ बमोजिम विधायन व्यवस्थापन समितिमा मनोनयन गरेका हुन् । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले समितिमा सांसद श्रेष्ठको मनोनयनलाई सहमति जनाएका थिए । आजको बैठकमा अध्यक्ष दाहालले आकस्मिक समय, शून्य समय, विशेष समय र प्रादेशिक सरोकार समयमा सांसदहरूले उठाएका विषयको राष्ट्रियसभा नियमावली २०७५ मा तोकिएको समयावधिभित्र सभामा आएर पूर्वनिर्धारित तालिका अनुसार जवाफ दिन सम्बन्धित मन्त्रीहरूलाई ध्यानाकर्षण गराएका थिए ।