७ साउन, काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
यसअघि एमाले संसदीय दलका उपनेता रहेका आचार्यले आजै कांग्रेसको समर्थनमा सरकार बनाउने दाबि पेश गरेका थिए।
मुख्यमन्त्री जोखबहादुर महराले आइतबार प्रदेश प्रमुख शेरचनसमक्ष बुझाएको राजीनामा स्वीकृत भएपछि नयाँ सरकार गठनका लागि बाटो खुलेको थियो।