|  

रियलमी नार्जो ७० प्रो र रियलमी १२ एक्स नेपाली बजारमा

७ साउन, काठमाडौं । नेपाली बजारमा रियलमीका दुई फाइभजी स्मार्टफोन भित्रिएका छन् । कम्पनीले रियलमी नार्जो ७० प्रो र रियलमी १२ एक्स गरी दुई ओटा नयाँ बजेट फोन सार्वजनिक गरेको हो ।

अत्याधुनिक प्रविधि, नवीन सुविधा र स्टाइलिस डिजाइनले युवा प्रयोगकर्तामाझ यी स्मार्टफोनले फरक अनुभवको प्रत्याभूति दिने कम्पनीले जनाएको छ । यी फोनमा एयर जेस्चर कन्ट्रोल, सोनी आईएमएक्स ८९० क्यामेरा ट्रु फ्ल्यागशिप नाइट फोटोग्राफी चिपसेट, भीसी कुलिङ सिस्टम लगायतका फिचर छन् । 


रियलमी नार्जो ७० प्रो फाइभजी

फोटोग्राफीका लागि परिचित यो फोनमा सोनी आईएमएक्स ८९० ओआईएस क्यामेरा र मास्टर शट एल्गोरिदम प्रयोग गरिएको छ । फोनको पछाडि ५० मेगापिक्सेलकाे मुख्य सेन्सर, ८ मेगापिक्सेलको अल्ट्रा वाइड र २ मेगापिक्सेल डेप्थ सेन्सर भएको क्यामेरा सेटअप छ । त्यस्तै सेल्फी क्यामेरा १६ मेगापिक्सेलको रहेको छ । 

यो फोनमा ६.६७ इन्चको फुलएचडी एमोलेड डिस्प्ले रहेको छ । एन्ड्रोइड १४ मा आधारित फोनमा मिडियाटेक डाइमेन्सिटी ७०५० फाइभजी चिपसेट रहेको छ । ग्राहकले ८ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरियन्टमा फोन खरिद गर्न सक्नेछन् । ५००० एमएएच ब्याट्री क्षमता रहेको यो फोनले ६७ वाटको सुपरभोक चार्ज सपोर्ट गर्छ । 

कम्पनीका अनुसार रियलमी नार्जो ७० प्रो फाइभजी ३३ हजार ९९९ रुपैयाँमा  किन्न सकिन्छ ।