|  

महिला एसिया कपः आज भारतसँग खेल्दै नेपाल 

८ साउन,काठमाडौं ।  एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार साँझ ७ः१५ बजे श्रीलंका स्थित दाम्बुला स्टेडियममा सुरु हुनेछ । पछिल्लो खेलमा पाकिस्तानविरुद्ध ९ विकेटको हार बेहोरेको नेपाललाई सेमिफाइनलमा पुग्नका लागि यो खेल जित्नु पर्ने दबाब छ। 

समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेट पराजित गरेको थियो। भारत २ खेलमा जित निकाल्दै समूहको शीर्ष स्थानमा, पाकिस्तान एक जितसहित दोस्रो स्थानमा र नेपाल समान एक जितसहित तेस्रो स्थानमा छ।