|  

काठमाडौंमा भारी वर्षा, ९ बजेसम्म सतर्कता अपनाउन आग्रह

८ साउन,काठमाडौं । काठमाडौंमा आज बिहान भारी वर्षा भएको छ ।

विभागका अनुसार काठमाडौंका नैकाप, सुन्दरीजल, कपन, बबरमहल र आसपास पनि भारी वर्षा भएको छ । पछिल्लो ६ घण्टामा नैकापमा ५४, सुन्दरीजलमा ५२.८, कपनमा ५२.२, बबरमहलमा ५१ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै काठमाडौंकै पानीपोखरी वर्षामापन केन्द्रमा ३०.८ मिलिमिटर वर्षा भएको रेकर्ड छ ।

वर्षासँगै बाढीको जोखिम भएकाले तटीय क्षेत्रका बासिन्दालाई बागमती, गौरीघाट, विष्णुमती, धोबिखोला लगायतका नदी किनार क्षेत्रमा बस्नेहरुलाई र सो क्षेत्र भएर यात्रा गर्नेहरुलाई आज बिहान ९ बजेसम्मै सतर्कता जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

त्यस्तै ललितपुरको गोदावरी क्षेत्रमा पनि भारी वर्षा भएको छ । पछिल्लो ६ घण्टामा गोदावरीमा ४०.६ मिलिमिटर वर्षा मापन भएको छ । ललितपुरकै लेलेमा ३५.४ मिलिमिटर वर्षा भएको छ ।