|  

आगोले निस्सासिएर सुत्केरीको मृ#त्यु

८ साउन,काठमाडौं  ।जुम्लाको पातारासी-६ बाँताकी एक सुत्केरी महिलाको निश्सासिएर मृत्यु भएको छ ।

मृत्यु हुनेमा २२ वर्षीया मायालक्ष्मी महतारा  रहेकी छन् । उनको सुतेको अवस्थामा निश्सासिएर मृत्यु भएको हो ।

सुत्केरी भएको ११ ओैं दिनमा आगोले सेक्न बालेको कोइलाको धुवाँमा निश्सासिएर महतारा गम्भीर घाइते भएकी थिइन्। गम्भीर घाइते महतारालाई अस्पताल ल्याउँदा उपचारको क्रममा निधन भएको हो ।