|  

बंगलादेशबाट सोमबारसम्म १३ सय नेपाली विद्यार्थी स्वदेश फर्किए

८ साउन,काठमाडौं । बङ्गलादेशबाट सोमबारसम्म १३ सय नेपाली विद्यार्थी फर्किएका छन् ।

परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत् हालसम्म १३ सय विद्यार्थी स्वदेश फर्किएको जनाएको हो । मन्त्रालयले सबै नेपाली विद्यार्थी सुरक्षित रहेको र उनीहरुको सुरक्षाप्रति सरकार प्रतिबद्ध रहेको जनाएको हो ।

बंगलादेशमा करिब ३ हजार नेपाली विद्यार्थी विभिन्न तहमा चिकित्सा, इन्जिनियरिङलगायतका विधा अध्ययन गरिरहेका छन् ।  

 

Updates on Nepali students in Bangladesh:
The Government of Nepal remains committed to ensuring safety and security of all Nepali students in Bangladesh. Till today, more than 1300 students have arrived back from Bangladesh.

— MOFA of Nepal 🇳🇵 (@MofaNepal) July 22, 2024