८ साउन,काठमाडौं । नेपालमा एक वर्षको अवधिमा साढे १२ हजार चारपांग्रे विद्युतीय सवारी साधन भित्रिएका छन् ।
आर्थिक वर्ष २०८० / ८१ को अवधिमा १२ हजार ५७४ विद्युतीय सवारी साधन नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । भन्सार विभागका अनुसार ११ हजार ७०१ विद्युतिय भ्यान, जीप, कार र ८७३ मिनी / माइक्रो वस गरी कुल १२ हजार ५७४ विद्युतीय गाडीहरु नेपाल भित्रिएका हुन् ।
एक वर्षमा कुल ३२ अर्ब ३६ करोड २ लाख ९६ हजार रुपैयाँको विद्युतिय सवारी साधनहरु आयात भएका छन् । उक्त सवारी साधनको आयतबाट सरकारले १३ अर्ब ९३ करोड ९४ लाख १३ हजार रुपैयाँ राजस्व उठाएको छ ।नेपालमा ५० देखि ३०० किलोवाटसम्मका विद्युतीय सवारी साधनहरू भित्रिने गरेका छन् ।