८ साउन,काठमाडौं । अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले आफूलाई राष्ट्रपतिको उम्मेदवार बन्न आफ्नो पार्टी डेमोक्र्याटिक पार्टीबाट पनि समर्थन पाएको बताएकी छन् ।
यसअघि राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको दौड छाड्दै उपराष्ट्रपति ह्यारिसलाई समर्थन गरेका थिए । तर पार्टीबाट उनको नाममा समर्थन प्राप्त भइसकेको थिएन ।
अहिले भने डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्न आवश्यक समर्थन प्राप्त भएको ह्यारिसले आफैँले जानकारी गराएकी हुन् । ह्यारिसले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘हाम्रो पार्टीको उम्मेदवार बन्न आवश्यक समर्थन पाएकोमा मलाई गर्व छ।’