|  

काकडभिट्टा नाकाबाट एक वर्षमा १५ अर्बको चिया,अलैची र अदुवा भारत निर्यात

०८ साउन, काठमाडौं । पूर्वीनाका काकडभिट्टाबाट आर्थिक वर्ष २०८०/०८१ मा १५ अर्ब ३३ करोड १७ लाख ५३ हजार मूल्य बराबरको अलैची, चिया, अदुवा र अम्रिसो भारत निर्यात भएको छ।

यो नाकाबाट सबैभन्दा धेरै अलैची, चिया, अदुवा र अम्रिसो निर्यात भएको तथ्याङ्क छ। ६ अर्ब ९८ करोड ८८ लाख मूल्यको जैविक चिया भारत निर्यात भएको छ । सोही अवधिमा ११ हजार ६४८ मेट्रिक टन चिया, ६अर्ब ५२ करोड १७ लाख मूल्य बराबरको ४ हजार ५ सय १० मेट्रिक टन अलैची र १ अर्ब २४ करोड ८ लाख ५० हजार मूल्य बराबरको ९ हजार ५४५ मेट्रिक टन अम्रिसो भारत निर्यात भएको छ। त्यस्तै, काँकडभिट्टा नाकाबाटै ५८ करोड ४ लाख ३ हजारको अदुवा निर्यात भएको तथ्याङ्क छ ।

उक्त अवधिमा १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार बराबरको कृषिजन्य वस्तु भारत निर्यात भएको छ।