०८ साउन, काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले मुलुकको अवस्था परिवर्तन गर्नका लागि नयाँ सरकार गठन भएको दाबी गरेका छन् ।
प्रेस चौतारी नेपाल गुल्मीद्वारा तम्घासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । सरकार परिवर्तन मात्र नभएको भन्दै उनले मुलुकको अवस्था परिवर्तन गर्नका लागि नयाँ सरकार गठन भएको दावी गरे । पछिल्लो समय चलिरहेको अस्थिरतालाई अन्त्य गरी स्थिरता कायम गर्न सरकार परिवर्तनसँगै महत्वपूर्ण राजनीतिक परिवर्तन भएको बताए । विकासको गतिलाई तिव्रता दिन नेपालको राष्ट्रिय एकताका लागि एमाले र नेपाली कांग्रेसबिच गठबन्धन भएको बताए । शिथिल अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै सुशासन र राजनीतिक स्थायित्व कायम गर्ने गरी वर्तमान केपी शर्मा ओलि नेतृत्वको सरकारले काम बताए ।