८ साउन,काठमाडौं । भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२४ / ०२५ का लागि ७ सय करोड भारतीय रुपैयाँ अनुदान दिने भएको छ ।
मंगलबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्मा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपाललाई गत वर्षभन्दा ५० करोड भारतीय रुपैयाँ बढी अनुदान दिने उल्लेख गरिएको छ ।
चालु आर्थिक वर्षमा भारतले नेपाललाई ६ सय ५० करोड रुपैयाँ उपलब्ध गराउने संशोधित अनुमान छ । छिमेकी मुलुकमध्ये भारतले सबैभन्दा बढी भुटानलाई अनुदान दिने बजेटमा उल्लेख छ ।
भुटानलाई भारतले २ हजार ६८ करोड भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउने जनाएको छ ।