०८ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले वर्तमान सरकार ठाडो आदेश दिंदै गलत कर्मको बाटोमा हिडेको टिप्पणी गरेका छन् ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले सरकारले कुरा सुशासन, विधि र नियमको गर्ने तर समाधान ठाडो आदेशमा खोज्ने गलत बाटोमा हिडेको बताएका हुन् । उनले अमूख उद्योगमा काटिएको विद्युत लाइन जोड्ने विषयलाई सरकारले आफ्नो प्रतिष्ठा र मुख्य प्राथमिकताको विषय बनाइरहेको भन्दै आपत्ति पनि जनाए । विवाद विद्युत काट्ने वा जोड्ने कुराको मात्र नभएर महशुल अशुल गर्ने कि नगर्ने विषयमा केन्द्रीत रहेको उनको भनाई छ ।