|  

काठमाडौँ उपत्यकामा देखियो हैजा

८ साउन, काठमाडौँ । काठमाडौँ उपत्यकामा हैजाका बिरामी फेला परेको छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका एक जना बिरामीमा हैजाको संक्रमण पुष्टि भएको हो ।

ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४ को एक पुनर्स्थापना केन्द्रमा बस्दै आएका १६ वर्षीय किशोरमा हैजा पुष्टि भएको अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले जानकारी दिए ।

डा. बसौलाका अनुसार उपचारका लागि शुक्रबार अस्पताल आएका ती किशोरको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

तर सोही स्थानबाट सोमबार आएका अर्को युवकमा पनि हैजाको शंका गरिएको उनले जानकारी दिए । उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको छ । उक्त पुनर्स्थापना केन्द्रमा हैजा फैलिएको हुनसक्ने आशंका गरिएको छ ।