|  

महिला एशिया कपः नेपाल भारतसँग ८२ रनले पराजित

९ साउन, काठमाडौं ।  एसीसी एशिया कप महिला टी-२० क्रिकेटमा नेपाल भारतसँग ८२ रनले पराजित भएको छ ।

हिजो भएको समूह चरणको आफ्नो अन्तिम खेलमा भारतले दिएको एक सय ७९ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ९६ रन मात्र बनाउन सक्यो । नेपालका लागि सिता राना मगरले १८, विन्दु रावलले १७, रुबिना क्षेत्रीले १५ तथा कप्तान इन्दु बर्माले १४ रन बनाए ।

अरू खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ७८ रन बनाएको थियो । भारतका शफाली बर्माले सर्वाधिक ८१ रन बनाइन् । यो हारसँगै नेपाल समूह चरणबाटै बाहिरीएको छ ।