|  

यी हुन् सौर्य एयरलाइन्सको जहाजमा सवार १९ जना (नामसहित)

९ साउन, काठमाडौं ।आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान भर्ने क्रममा दुर्घटनामा परेको सौर्य एअरलाइन्सको जहाजमा सवारहरुको नाम सार्वजनिक भएको छ ।

कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार विमानमा क्याप्टेन मनिषरत्न शाक्य, को-पाइलट एस कटुवालसहित १७ जना थिए ।
चालक बाहेक जहाजमा  १६ पुरुष र १ महिला रहेका कम्पनीले जनाएको छ ।

प्राविधिक परीक्षणका लागि पोखरा विमानस्थलतर्फ जाने क्रममा यो जहाज दुर्घटनामा परेको हो । परीक्षण उडानमा रहेकाले यो जहाजमा टिकट काटेका सर्वसाधारण यात्रु थिएनन्, एयरलाइन्सका कर्मचारीहरु मात्र  थिए । 

 

May be an image of blueprint, ticket stub and text