|  

विमान दुर्घटनाः मृतकको शव शिक्षण अस्पतालमा, अस्पताल परिसरमा पुगेका आफन्त भावविह्वल

९ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार दुर्घटना भएको सौर्य एयरको विमान दुर्घटना मृत्यु भएका १८ जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

बुधबार बिहान भएको दुर्घटनामा मृत्यु भएका १८ जनाको शव शिक्षण अस्पताल पुर्‍याइएको हो । पोस्टमार्टमको काम केहीबेरमा शुरू हुने शिक्षण अस्पताल प्रशासनले जनाएको छ ।

विमान दुर्घटनामा मृत्यु भएकाका आफन्तहरू शव बुझ्न अस्पतालबाहिर पुगेका छन् । अस्पताल परिसरमा पुगेका मृतकका आफन्त भावविह्वल भएका छन् । अस्पताल परिसरमा रुवाबासी चलेको छ ।