|  

स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली

१० साउन, काठमाडौं । एसिसी महिला एसिया कप क्रिकेट खेलेर नेपाली राष्ट्रिय महिला क्रिकेट टिम आज स्वदेश फर्किँदै छ ।

श्रीलंकामा जारी महिला एसिया कपको समूह चरणबाटै बाहिरिएपछि नेपाली राष्ट्रिय महिला टोली बिहीबार स्वदेश फर्कन लागेको हो ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टोली श्रीलंकन एअरलाइन्समार्फत बिहीबार दिउँसो सवा १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछ ।