|  

जहाज दुर्घटनाः घाइते पाइलट शाक्यको ब्रेनमा दाग देखियो

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी घाइते भएका पाइलट मनिषरत्न शाक्यको दिमाग (ब्रेन)मा दाग देखिएको छ ।

सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत पाइलट शाक्यको ब्रेनमा दाग देखिएको अस्पतालले जनाएको छ । अब एमआरआई गरेपछि उक्त दागबारे विस्तृत पत्ता लाग्ने छ । यस्तै, शाक्यको ‘रिब्स र स्पाइन फ्र्याक्चर’ भएको छ ।

फ्र्याक्चर भए पनि यताउति नभएकोले त्यसमा धेरै खतरा भने नरहेको बताइएको छ । बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको जहाज दुर्घटनामा शाक्य घाइते भएका थिए ।

शाक्यको अवस्था अहिलेसम्म खतरामुक्त छ । उनी कुराकानी गर्नसक्ने अवस्थामा छन् ।