|  

भारतमा चोरी गर्न लागेको आरोपमा चार नेपाली पक्राउ

१० साउन, काठमाडौं । भारतको बेंगलुरुस्थित भगवथी बैंकर्स एण्ड ज्वेलर्सको पसलमा चोरी गर्नका लागि पसलको भित्तोमा ड्रिलिङ गरिरहेको आरोपमा चार जना पक्राउ परेका छन् ।

उनीहरु सबै नेपालका भएको जनाइएको छ । पक्राउ पर्नेमा ४२ वर्षिय दीपककुमार ठाकुर, ४२ वर्षकै मनोज सिंह, २८ वर्षिय बीम बहादुर शाही र २४ वर्षिय विवेक शाही रहेका छन् ।

उनीहरु राति १.१५ बजे सो पसलमा पुगेका थिए । उनीहरुले ड्रिलिङ गर्न लागेको सो स्थानमा बसेका दुईजनाले थाहा पाएपछि पसलका मालिकलाई तत्काल खबर गरेका थिए ।

लगत्तै प्रहरीलाई खबर गरिएपछि उनीहरु पक्राउ परेका थिए । सबै यसअघि पनि चोरी काण्डमा परेर पक्राउ परेकोमा दुई हप्ता अघि मात्रै छुटेका थिए ।