|  

एसिया कप खेलेर स्वदेश फर्कियो नेपाली क्रिकेट टोली

१० साउन, काठमाडौं । एसिसी महिला एसिया कप क्रिकेट खेलेर नेपाली महिला क्रिकेट टोली फर्किएको छ ।

श्रीलंकामा भएको एसिया कप खेलेर नेपाली टोली बिहीबार दिउँसो काठमाडौं फर्किएको हो ।

पहिलो खेलमा यूएईलाई ६ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो । त्यस्तै समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ८२ रनले पराजित भयो ।