|  

ग्लोबल आइएमई बैंकको सिईओमा सुरेन्द्रराज रेग्मी नियुक्त 

१० साउन, काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन्।

बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले भदौ १ गतेदेखि लागू हुनेगरी रेग्मीलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

वरिष्ठ नायब सीईओ रहेका रेग्मीलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको कम्पनीका सचिव बिष्णुप्रसाद बाँस्कोटाले जनाएका छन्।