१० साउन ,काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)ले दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजका क्याप्टेन मनीषरत्न शाक्यको तीन वटा करङ भाँचिएको जनाएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै केएमसीले यस्तो जानकारी दिएको हो । बुधबार काठमाडौंबाट पोखराका लागि उडेको केही मिनेटमै सौर्य एयरलाइन्सको जहाजका दुर्घटनामा परेको थियो । दुर्घटनामा १८ जनाले ज्यान गुमाएका छन् । क्याप्टेन मनीषरत्न शाक्य भने घाइते भएका हुन् ।
अस्पतालले भन्यो - क्याप्टेन शाक्यको तीन वटा करङ भाँचिएको छ
