|  

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने

११ साउन, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/ ८२ को मौद्रिक नीति आज सार्वजनिक हुने भएको छ ।

मौद्रिक नीति सार्बजनिक गर्नुअघि राष्ट्र बैंकले आज सञ्चालक समितिको बैठक बोलाएको छ । स्रोतका अनुसार आज बिहाननै बैठक बस्ने बताइएको छ । दिउँसो मौद्रिक नीति सार्वजनिक गर्ने तयारी छ ।

यस अघि गत शुक्रबार नै मौद्रिक नीति सार्बजनिक गर्ने तयारी भएको भएपनि राष्ट्र बैंकको गभर्नरसमेत रहेका पुर्व अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार बनेपछि मौद्रिक नीति सार्बजनिक गर्नबाट रोकिएको थियो ।