|  

धादिङमा तीन वटा चितुवाको मृ#त फेला

११ साउन, काठमाडौं । धादिङको थाक्रे गाउँपालिका-१० गढीमा तीन वटा चितुवा मृत फेला परेका छन् ।

गढीस्थित अदुवाबारीमा दुई वटा र मकैबारी एक वटा चितुवा मृत अवस्थामा बिहीबार भेटिएको हो ।घाँस काट्न गएको बेला स्थानीयले देखेर खबर गरेपछि प्रहरीसहित टोली आफू घटनास्थलमा पुगेको हो।

मृत अवस्थामा फेला परेको चितुवा बैरेनी सवडिभिजन वन कार्यालयलाई बुझाइएको छ ।