|  

चितवनमा ट्रक र भारतीय कन्टेनर ठोक्किँदा दुवै गाडीका चालकको मृ#त्यु

११ साउन, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-१ भतेरी जंगलमा ट्रक र भारतीय कन्टेनर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा  भारतीय कन्टेनरका चालक भारतको उत्तर प्रदेश बस्ने २४ वर्षीय  हेहताव आलम र ट्रकका चालक पर्साको वीरगञ्ज–२४ वस्ने अन्दाजी ४० वर्षका प्रमोद पटेल रहेका छन् ।

नारायणघाट-मुग्लिन सडकको भतेरीमा बिहान सवा ६ बजेतिर मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ५९९६ नम्बरको भारतीय कन्टेनर र विपरीत दिशाबाट आउँदै गरेको डीडी ०१ एल ९१६१ नम्बरको भारतीय ट्रक ठोक्किएका थिए।