|  

आज काउली प्रतिकेजी ८० रुपैयाँ, अन्य तरकारीको मूल्य कति ?

११ साउन, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।

आज ठूलो गोलभेँडा अधिकतम प्रतिकिलो ७५, गाजर १००, स्थानीय काउली ८०, लाम्चो-डल्ले भन्टा ७०, तने बोडी ८० रुपैयाँमा कारोबार भएको छ ।घिउ सिमी ८०, टाटे सिमी १२०, भटमासकोशा २००, लौका ५०, परवर ७०, भिण्डी ६०, ब्रोकाउली १५० रुपैयाँ प्रतिकिलो कारोबार भएको छ ।

हरियो प्याज २००, न्यूरो ९०, कन्य च्याउ प्रतिकिलो २२०, डल्ले च्याउ ३६० र कुरिलो ३०० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

फलफूल तथा तरकारी