|  

कक्षा १२ नतिजा आगामी साता सार्वजनिक हुने

११ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरेको छ ।

हाल म्याचिङ र प्रोसेसिङको काम भइरहेको बोर्डले जनाएको छ ।कक्षा १२ को परीक्षा गत वैशाखमा भएको थियो ।

परीक्षामा चार लाख ९६ हजार विद्यार्थी सहभागी भएका थिए ।बोर्डका अनुसार नियमिततर्फ तीन लाख ९० हजार र ग्रेडवृद्धितर्फ एक लाख ६ हजार परीक्षार्थी रहेका छन् ।