|  

उपराष्ट्रपति यादवसँग अस्ट्रेलियाली राजदूतको विदाई भेट

११ साउन, काठमाडौं । नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग भेट गरेकी छन् ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको अस्ट्रेलियाली राजदूतको यो बिदाइ भेट हो । उक्त अवसरमा नेपाल र अस्ट्रेलियाबीचको सम्बन्ध,आपसी हित र चासोको विषयमा कुराकानी भएको उपराष्ट्रपति यादवको सचिवालयले जनाएको छ । उपराष्ट्रपति यादवले नेपालको लागि अस्ट्रेलियाली राजदूतको रुपमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राजदूत भोल्कलाई बधाई तथा धन्यवाद व्यक्त गरेका थिए ।