|  

विमान दुर्घटना : ५ शव परिवारले बुझे, क्षतिपूर्तिको कुरा नमिल्दा अधिकांशको बाँकी

११ साउन, काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये ५ शव  परिवारले बुझेका छन् ।

शुक्रबार त्रिवि शिक्षण अस्पताल परिसरबाट ५ शव परिवारले बुझेका हुन् ।  उद्धव पुरी, अश्मिन निरौला, श्याम विन्दुकर, राजाराम आचार्य र को–पाइलट सुशान्त कटवालका परिवारले शव बुझेका छन् ।

केही परिवारले भने माग पूरा नहुँदासम्म शव नबुझ्ने बताएका छन् । बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र विमान कम्पनीले प्रष्ट पारेपछि मात्र शव बुझ्ने उनीहरूको अडान छ ।

बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए ।

यसैबीच सौर्य एयरलाइन्सले विज्ञप्ति जारी गर्दै पीडित परिवारजनलाई कम्पनीको तर्फबाट सहयोग हुने प्रतिबद्धता जनाएको छ ।