|  

दैलेखमा खोलाले बगाएर २ जना किशोरीको ज्या न गयाे

११ साउन, काठमाडाैँ । दैलेखमा खोलाले बगाएर आज शुक्रवार दुई जना किशोरीको ज्यान गएको छ ।

महाबु गाउँपालिका–३ बाँसीका १५ वर्षीया सपना बुढा र १३ वर्षीया भावना बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक दिपक मगराठीले जानकारी दिए ।

सपना फुपू र भावना भतिजी हुन् । गाई–बाख्रा गोठाला गएका उनीहरू छामघाटको कुण्टा रहमा पौडी खेल्दै गर्दा बगेका र काफल खेत नजिक सपनाको र जडेपिपल नजिक भावनाको शव फेला परेको प्रहरीले जनाएको छ । उनीहरू मालिका मावि बाँसीको कक्षा ९ मा अध्ययनरत थिए ।