|  

लुम्बिनीका मुख्यमन्त्रीले टासे खादा र माला लगाइदिन नपाइने सुचना !

१२ साउन, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खादा र माला लगाउन निषेध गरेको सुचना टाँस गरेका छन् ।

उनले सूचना नै जारी गरेर खादा, माला, अविर नलगाउन निषेध गरेको सूचना टाँस गरेका हुन्। उनले टाँस गरेको सुचनामा भनिएको छ,‘नवनियुक्त मुख्यमन्त्री ज्यूलाई बधाई तथा शुभकामना दिन पाल्नुहुने महानुभाव ज्यूहरु कृपया फूल, माला, टीका, खादा लगायतका सामग्री नल्याई पाल्नुहुन हार्दिक अनुरोध छ ।’