|  

तिनाउ नदीले बगाएर एक बालककाे मृत्यु,एक बेपत्ता 

१२ साउन, काठमाडौं । पौडी खेल्ने क्रममा तिनाउ नदीले बगाएर एक बालकको ज्यान गएको छ भने एक बेपत्ता भएका छन् ।

रूपन्देहीको बुटवल उपमहानगरपालिका-११ बुद्धनगर आफन्त घर गएका दुई बालक पौडी खेल्न तिनाउमा पुगेका थिए । बागलुङको बरेङ गाउँपालिका-४ घर भई बुद्धनगर बस्ने १२ वर्षीय विवश खत्री र रूपन्देहीको सैनामैना नगरपालिकाका ८ वर्षीय विप्रन पाण्डेलाई तिनाउले शुक्रबार साँझ बगाएको थियो । विवशको शव फेला परे पनि पाण्डेको अवस्था अझै पत्ता लाग्न नसेकेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ । तीन जना बालकहरू पौडी खेल्न गएका बेला दुई जनालाई नदीले बगाएपछि अर्का एक जनाले भने आफन्तलाई खबर गरेका थिए ।