|  

प्रधानमन्त्रीको जनसरोकार तथा जनसम्पर्क सल्लाहकारमा किरण पौडेल नियुक्त

१२ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनसरोकार तथा जनसम्पर्क सल्लाहकारमा युवा नेता किरण पौडेललाई नियुक्त गरेका छन् ।

एमालेका केन्द्रीय सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका पूर्वअध्यक्ष समेत रहेका पौडेललाई आजैबाट लागु हुनेगरि सो जिम्मेवारी प्रदान गरिएको हो । पौडेल २०७९ को आम निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट चुनावी प्रतिष्पर्धामा थिए ।