|  

ह्यारिसले गरिन अमेरिकी राष्ट्रपति पदका लागि उम्मेदवारी घोषणा

१२ साउन, काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले राष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् ।

सामाजिक सञ्जाल एक्समार्फत उनले आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् । उनले लेखेकी छन्,‘आज मैले आधिकारिक रूपमा संयुक्त राज्यको राष्ट्रपतिको लागि मेरो उम्मेदवारी घोषणा गर्ने फारममा हस्ताक्षर गरें । म हरेक भोट प्राप्त गर्न कडा मेहनत गर्नेछु । नोभेम्बरमा जनताको शक्तिले भरिएको हाम्रो अभियान विजयी हुनेछ ।’

पूर्व राष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिशेल ओबामाले पनि ह्यारिसको उम्मेदवारीलाई समर्थन गरेका छन् । अधिकांश लोकतान्त्रिक सांसद उनको पक्षमा रहेको र आगामी अगस्टमा हुने पार्टी महाधिवेशनमा उनलाई औपचारिक रूपमा लोकतान्त्रिक पार्टीको राष्ट्रपतिको उम्मेदवारका रूपमा चयन गरिने विश्वास गरिएको छ ।