|  

पेरिस ओलम्पिक भव्य उद्घाटनः आज नेपालका श्यान्टु र मनिताले खेल्दै

१२ साउन, काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा गएराति पेरिस ओलम्पिक भव्य उद्घाटन गरिएको छ ।

हजारौँ खेलाडी, प्रशिक्षक, पर्यवेक्षक तथा दर्शकको उपस्थितिमा सेन नदीको किनारमा भव्य समारोह आयोजना गरी ओलम्पिकको उद्घाटन गरिएको हो।  उद्घाटनका क्रममा भएको परेडमा नेपालका टेबलटेनिस खेलाडी श्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठले राष्ट्रिय झन्डा फराएका थिए । ओलम्पिकमा नेपाली खेलाडी पनि सहभागी छन् । पेरिक ओलम्पिकमा आज नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल र टेबल टेनिसका स्यान्टु श्रेष्ठले आफ्नो खेल खेल्दैछन्। खेल नेपाली समयअनुसार साती साढे ७ बजे सुरु हुनेछ ।पेरिस अ‍ोलम्पिकको समापन अगस्ट ११ मा हुनेछ।