|  

रसुवागढी नाकाबाट १ अर्ब ९६ करोड १८ लाख बराबरको सामाग्री निर्यात

१२ साउन, काठमाडौं । गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट १ अर्ब ९६ करोड १८ लाख बराबरको सामाग्रि निर्यात भएकाे छ ।

जसमा तमाका भाँडाकुँडा, गलैँचा, चाउचाउ, नुड्लर्स, पास्ता, जडीबुटी, आल्मोनियमका भाँडाकुँडा, पछ्यौरा, सल, दोसल्ला, बुक व्यान्डिङका कपडा, तयारी कपडा रहेका छन्। त्यस्तै, ६५ अर्ब २२ करोड ६३ लाख रुपैयाँबराबरको चिनियाँ सामग्री नेपाल आयात गरिएको छ। आयात गरिएका सामग्रीमा इन्धन एवं विद्युतीय सवारीसाधन, तयारी कपडा, रवर, जुत्ता, चप्पल, हाते झोला, होजियारी कपडा, जुत्ता तयार गर्ने सामग्री, स्याउ, लसुन ओखरलगायत रहेका छन् ।