|  

गण्डकीका मन्त्री मनाङे गञ्जीमै मन्त्रालयमा, सेवाग्राहीलाई समेत रक्सी खाएर जान अफर

१२ साउन, काठमाडौं । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री राजीव गुरूङ (दीपक मनाङे) गञ्जीमा मन्त्रालयको कार्यकक्षमा भेटिएका छन् ।

भौतिक पूर्वाधार मन्त्रालयमा गञ्जीमै भेटिएका मनाङेले अपशब्दसमेत बोल्ने, कार्यकक्षमै मदिरापान गर्ने गरेको पाइएको छ । 
केही दिनअघि गञ्जीमै कार्यकक्षमा बसेर मदिरासमेत खाएर अपशब्द बोलेको कर्मचारीले नै गुनासो गरेका छन् । मन्त्रीको सामान्य मर्यादाकोसमेत ख्याल नगरी गञ्जीमै कार्यकक्षमा बसेका मनाङेले सेवाग्राहीलाई समेत त्यसरी नै भेटेका छन् ।

शुक्रबार राइड सेयरिङलाई वैध बनाएर नियमन गर्दै खुला गर्न माग गर्न पुगेको समूहसँग मनाङेले आफूले सिन्डिकेटको अन्त्य गरेर सबै चलाउने भन्दै  रक्सी खाएर जान अफर गरे ।

यातायात व्यवासायी महासंघले रातो नम्बर प्लेटले पनि यात्रु ओसार्न पाउने कार्यविधि नल्याउन बिहीबार ४८ घन्टे अल्टिमेटम दिएका थिए । त्यसको भोलिपल्ट राइड सेयरिङ एपमार्फत चलेका राइडर्स ध्यानाकर्षण गराउन मन्त्री मनाङेसँग पुग्दा उनले ट्याक्सी व्यवसायीलगायतले आफूलाई ब्याकमेलिङ गर्न खोजेको भन्दै आफू ढुक्कले रक्सी खाएर सुत्ने बताएका थिए ।