|  

अनियमिताको अन्त्य गर्न काँग्रेस र एमालेबीच सातबुँदे समझदारीः महामन्त्री शर्मा

१२ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भुटानी शरणार्थी र गिरीबन्धु टि स्टेटका फाइल कानुनअनुसार अनुसन्धान हुनुपर्नेमा जोड दिएका छन् ।

मानवअधिकार तथा शान्ति समाज जिल्ला शाखा काठमाडौँले आज जोरपाटीमा आयोजना गरेको २७ औँ साधारणसभामा उनले यस्तो बताएका हुन् । उनले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेबीच भएको सातबुँदे समझदारी अनियमिताको अन्त्यका निम्ति भएको दाबी गरे । इमान्दारीपूर्वक उक्त सम्झौता कार्यान्वयन गरेर जनतामा सुशासनको अनुभूति गराउनुपर्ने उनको भनाई छ । उनले अनियमितामा संलग्न जो सुकैलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए।

संविधानमा नागरिकको ३१ वटा मौलिक हक उल्लेख गरेपनि व्यववहारमा कार्यान्वयन हुन नसकेको बताउँदै उनले त्यसको कार्यान्वयनका लागि काम गर्न सबैको साथ र सहयोगको आवश्यकता रहेको बताए।