|  

ताइवानमा आँधीका कारण ८ जनाको मृ#त्यु, ८६६ घाइते

१२ साउन, काठमाडौं । ताइवानमा ‘टाइफुन गेमी’ आँधीले कम्तिमा ८ जनाको मृत्यु भएको छ ।

चक्रवातको कारण एक जना बेपत्ता हुनुका साथै ८६६ जना घाइते भएका छन् । आँधी प्रभावित क्षेत्रमा चक्रवातका कारण भएका विविध दुर्घटनामा परी मानिसहरूले ज्यान गुमाएको स्रोतले जनाएको छ ।  ज्यान गुमाउनेहरूको अहिलेसम्म पहिचान हुन सकेको छैन ।

बेपत्ताहरुको खोजी कार्या जारी छ । सीइओसीका अनुसार आँधीका कारण विस्थापित भएका एक हजार २ सय ३२ जनालाइ सुरक्षित राख्नका लागि २७९ वटा आपतकालीन शिविर निर्माण गरिएको छ ।