|  

काँग्रेस र एमाले राजनीतिक स्थायित्वको लागि मिलेको भन्नुको कुनै अर्थ छैनः भीव रावल

१२ साउन, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले कांग्रेस र एमाले राजनीतिक स्थायित्वको लागि मिलेको भन्नुको कुनै अर्थ नभएको टिप्पणी गरेका छन्।

पुष्पलालको जन्म शताब्दीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै बाँकी तीन वर्ष पनि ओली र देउवाबीच आलोपालो सरकार चलाउने भनेपछि राजनीतिक स्थायित्वको कुरा गर्नु व्यर्थ हुने बताएका हुन् । उनले भने,‘एमाले कांग्रेससँग मिलेर सरकारमा छ, मैले सुन्छु हामी राजनीतिक स्थायित्वको लागि गएका हौं। सात बुँदे सहमतिमा हेर बाँकी तीन बर्ष हाम्रै अध्यक्ष नै प्रधानमन्त्री हुने रहेछ कि भनेर, उहाँहरुले प्रधानमन्त्री फेरिरहने कुराले हामीले विकास गर्न सकेनौं, त्यसैले सरकारलाई स्थायित्व भनिएको छ। दुई बर्ष ओली, डेढ बर्ष कांग्रेसले सरकार चलाउने, चुनावी सरकारको नेतृत्व गर्ने भनेपछि कहाँ छ राजनीतिक स्थायित्वको कुरा। पहिला प्रचण्डसँग पनि त्यस्तै सहमति भएको थियो।’

विपरित सिद्धान्त भएका राजनीतिक दलहरु मिलेर चुनाव लडेकोप्रति रावलले असन्तुष्टि जनाए। उनले प्रदेशमा पनि उस्तै भद्रगोल पारेको बताए ।