|  

सवारी दुर्घटना नियन्त्रणका लागि चालकहरूको रक्तचाप जाँच

१२ साउन, काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले सवारी दुर्घटना नियन्त्रणका लागि चालकहरूको रक्तचाप परीक्षण गरेको छ ।

मन्थली नगरपालिका-१ स्थिति कार्यालय अगाडि आज बिहान खिम्ति-मन्थली-सेलेघाट क्षेत्रमा चल्ने सवारी साधनका चालकहरूको स्वास्थ्य परीक्षण गरिएको हो । रामेछाप सामुदायिक अस्पताल मन्थलीको सहयोगमा उक्त कार्यक्रममो आयोजना गरिएको थियो । 
खिम्ति-मन्थली-सेलेघाट चल्ने साना-ठुला सवारी साधनका ५० जना चालकहरूको स्वास्थ्य परीक्षण गरिएको थियो । जसमा १० जना चालकको रक्तचाप बढी तथा कम देखिएको थियो । स्वास्थ्यमा समस्या देखिएका चालकलाई अस्पतालका डाक्टर केशवसिंह धामीले स्वास्थ्य सतर्कता अपनाउन आवश्यक परामर्श दिएका छन् ।