|  

धनुषामा रेलमा च्यापिएर एक युवकले गुमाए दुवै खुट्टा

१२ साउन, काठमाडौं ।भंगहा -जनकपुर-जयनगर रेल्वेको लिकमा परेर एक पुरुषको दुवै खुट्टा काटिएको छ ।

जनकनन्दनी गाउँपालिका-३ महुवाका मिश्री दासका अन्दाजी ३५ बर्षिय छोरा श्रीराम दासको रेल्वे लिकमा परेर खुट्टा काटिएको हो । रेलको लिक छेउबाट हिडिरहेका युवक शनिबार बिहान सवा ११ बजे धनुषाको खजुरीस्थित रेलको चपेटामा परेका हुन् ।

जयनगरबाट फर्किरहेको रेलले हर्न दिएपछि उनी अलमलिएर रेलकै लिकमा परेपछि दुबै खुट्टा गुमेको स्रोतले जनाएको छ ।
दासको उपचारको लागि जनकपुर प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ ।