|  

लागुऔषधसहित दुई जना पक्राउ

१२ साउन, काठमाडौं । अछामको मंगलसेन बजारमा लागूऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । 

कैलाली जिल्लाको कैलारी घर भइ मंगलसेन नगरपालिका ५ बसोवास गर्ने ३० वर्षीय प्रकाश बोहरा र उनकी श्रीमती २९ वर्षीय कल्पना भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । शंकास्पद रूपमा हिडडुल गरिरहेको अवस्थामा खानतलासी गर्दा ३८० मिलिग्राम खैरो हिरोइनसहित दुवै जनालाई पक्राउ गरिएको अछाम प्रहरी प्रमुख इश्वरीप्रसाद भण्डारीले जानकारी दिए । 

विशेष सूचनाको आधारमा पक्राउ गरेका दुवै जनालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । अछामका मंगलसेन, साँफेबगर, कमलबजार लगायतका बजार क्षेत्रमा लागुऔषधको कारोवार र प्रयोग भइरहेको भनाइ आइरहेका छन् ।