|  

इजरायलले ८ सयको सट्टा २ हजार केयरगिभर लैजाने भन्दै पठायो पत्र

१२ साउन, काठमाडौं । इजरायलले दुई हजार जना स्वास्थ्य सहायक (केयरगिभर) लैजाने भन्दै नेपाललाई पत्राचार गरेको छ ।

इजरायलको पपुलेशन एण्ड इमिग्रेशन एथोरेटी (पिबा) ले नेपाललाई पत्राचार गरेर दुई जना केयरगिभर लैजाने बताएको हो ।इजरायलले ८०० जनाको सट्टा दुई हजार जना लैजाने भन्दै पत्र पठाएको हो ।

यसअघि असार ११ गते विभागले ८०० जनाका लागि आवेदन आह्वान गरेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र नेपालका लागि इजरायली राजदूतबिच साउन ७ गते भेटवार्ता भएको थियो ।

त्यही क्रममा ८०० को सट्टा दुई हजार जना लैजाने सहमति भएको थियो । जसमा एक हजार जना मुख्य उम्मेदवार र एक हजार जना वैकल्पिक उम्मेदवार छन् ।