१३ साउन, काठमाडाैं । एप्पलको नयाँ उत्पादनहरु बजारमा आउनुभन्दा अगाडि नै विभिन्न चर्चाहरु हुने गर्दछन् । यसैबीचमा एप्पलको आउने फोनको बारेमा नयाँ जानकारीहरु बाहिर आएका छन् ।
एप्पलले फोल्डेबल डिस्प्लेको (foldable display) बारेमा काम गरिरहेको चर्चा करिब १ वर्षअघि आएपनि हाल भने कम्पनीले फोल्डेबल डिस्प्लेको लागि पेटेन्ट दर्ता गरेको जानकारी बाहिर आएको छ ।
अमेरिकाको पेटेन्ट तथा ट्रेडमार्क अफिसले सार्वजनिक गरेको एक जानकारीअनुसार एप्पलले दिएको पेटेन्टको आवेदन फोल्डेबल डिस्प्लेको बारेमा रहेको छ ।
संभवत कम्पनीले आइफोनमा फोल्डेबल डिस्प्ले प्रयोग गर्ने बारेमा काम गरिरहेको अनुमान गरिएको छ । यसअघि पनि कम्पनीले एप्पल एलजीका साथ फोल्डेबल डिस्प्लेको लागि काम गरिरहेको बताईएको थियो ।
एप्पलद्धारा दर्ता गरिएको सो पेटेन्टमा भनिएको छ, एक इलेक्ट्रोनिक्स डिभाइसमा कोई यस्तो हिस्सा हुनसक्नेछ जुन डिभाइसलाई मोडेर काम गर्न सकोस् । डिभाइसमा फ्लेक्सिबल डिस्प्ले पनि हुन सक्नेछ ।