|  

युरोपा लिग फुटबल: आर्सनलले बेनिफिकालाई हरायो

१४ फागुन, काठमाडौं । युरोपा लिग फुटबलमा आर्सनलले बेनिफिकालाई पराजित गरेको छ । गए राति भएको खेलमा लिगको समूह ’बी’ को शीर्ष स्थानमा रहेको आर्सनलले बेनिफिकालाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

यस्तै, समूह ‘सी’ को शीर्ष स्थानमा रहेको वायर लिभान्कुसे योङ ब्वाइजसँग २–० गोल अन्तरले पराजित भएको छ ।

यस्तै, रेन्जर्सले रोयल एन्टओर्पलाई ५–२ गोल अन्तरले पराजित गरेको छ । अर्को खेलमा साल्भिया प्राग्वीले लिसेस्टरलाई २–० गोलले, नापोलीले ग्राण्डालाई २–१, अजक्सले लिलिलाई २–१ गोलले पराजित गरेको छ ।