|  

धर्मगुरु पुष्कर खतिवडा पक्राउ

१४ साउन, काठमाडौं ।  आफुलाई धर्मगुरु दावी गर्ने पुष्कर खतिवडा पक्राउ परेका छन् ।

प्रहरीले खतिवडालाई मण्डिखाटारस्थित यज्ञको तयारी गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।

 उनले आयोजना गरेको यज्ञ ‘राम्रा उद्देश्यका लागि नगरेको’ आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी धार्मिक भेषमा हिँड्छन् ।